आहा! रारा गोल्डकप: उपाधि नजिक पुग्न आयोजक र मनाङ भिड्दै
पाेखरा | फागुन ६, २०८२
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब भिड्ने भएका छन् ।
पोखरा रंगशालामा पहिलो सेमिफाइनल खेल अन्तर्गत आज मनाङ मस्र्याङ्दी र सहारा क्लब भिड्ने भएका हुन् ।
मनाङले पाहुना क्लब थन्डरबोल्ट भारतलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो भने, आयोजक सहारा क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मनाङ मस्र्याङ्दी क्लब र आयोजक सहारा क्लब आज दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको अर्काे सेमिफाइनल खेलमा जावलाखेल युथ क्लब र आभा फुटबल क्लब उज्वेकिस्तान बिहीबार भिड्नेछन् ।
प्रतियोगिताकाे फाइनल आगामी शनिबार हुने आयोजकले जनाएको छ ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

